स्वास्थ्य शिविर सञ्चालनका लागि सैनिक श्रीमती संघको टोली धनगढीमा



टेकसिंह धामी धनगढी । सैनिक श्रीमती संघको टोली सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पुगेको छ । आज (आइतबार) सो टोली धनगढी पुगेको हो ।

नेपाली सेनाको स्रोतका अनुसार स्वास्थ्य शिविरका लागि आवश्यक सामान लिएर सैनिक श्रीमती संघको टोली यहाँ पुगेको हो । कञ्चनपुरको लालझाडीमा स्वास्थ्य शिविर सञ्चालन हुँदै छ । त्यसैको सामग्री लिएर सैनिक श्रीमती संघको टोली धनगढी पुगेको हो ।

नेपाली सेनाको क्यासा एनए–०६२ जहाजमा संघको ३२ सदस्यीय टोलीले बिहान धनगढी अवतरण गरेको थियो । यहाँ पुगेको सो टोली आजै काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्