एमाले कर्णाली प्रदेश संसदीय दलको नेता काे ?



सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको नेताका लागि लविङ सुरु भएको छ । प्रदेशसभामा १० सांसद रहेको एमाले संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ ।

यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म ४ जना सांसद खुलेका छन् । त्यस्तै प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुलेका छन् ।

‘हालसम्म दलको नेता बन्न दुवै जनाले आकांक्षा देखाएका छन् । शाह निकटका एक सांसदले भने, ‘त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौँ । ४ जना उहाँको पक्षमा खुल्नु भएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ । उसो त दलको नेता बन्ने लाईनमा ‘क्लियर’ देखिएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरेका छैनन् । तर, उनको लविङ दलका नेतामै केन्द्रित नै देखिएको छ ।

चुनावमा मुख्यमन्त्रीका दावेदार भने प्रचारित शाह र कंडेल दुवैवीच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो । पुस ११ गते कर्णाली प्रदेशससभा सदस्यको सपथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्