सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं ।

नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ । गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्राेतकाे भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचकाे भेटपछि मात्रै गठबन्धनकाे बैठक बस्ने भनाइ छ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथाबत राख्न जोड दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्