कांग्रेस सांसदहरूको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेस सांसदहरुको बैठक बालुवाटारमा बस्ने भएको छ । आज (शनिबार) दिउँसो साढे १२ बजे उक्त बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार केहीबेरमा बस्ने बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बैठकमा नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

देउवा दलको नेतामा निर्वाचित भएपछिको यो सांसदहरूसँग पहिलो छलफल हो । कांग्रेस प्रतिनिधिसभा सदस्य ८९ जना छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।