आजदेखि टी-२० क्रिकेट लिग, विजेतालाई ५५ लाख पुरस्कार



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी-२० क्रिकेट लिग हुने भएको छ । आज (शनिबार) देखि त्रिवि क्रिकेट मैदानमा उक्त लिग हुने भएको हो ।

लिगमा ६ टिमले भाग लिएका छन् । च्याम्पियनले ५५ लाख रुपियाँ पुरस्कार पाउने प्रतियोगितामा जनकपुर रोयल्स, काठमाडौं नाइट, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्स सहभागी छन् ।

उपविजेता हुनेले ३० लाख पाउने छ । यसैगरी, तेस्रोले १० लाख र चौथो हुने टिमले पनि ५ लाख प्राप्त गर्ने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख र उदीयमान खेलाडीलाई १ लाख ८० हजार रुपियाँसहित पुरस्कृत गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्