बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएका छन् । आज (शुक्रबार) उनले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका छन् ।

धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा हिजो (बिहीबार) प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले शपथ लिएसँगै दोहोरो भूमिकामा रहेका पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।

पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए । एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उनले सत्ता नेतृत्वको अवसर पाएका थिए ।

उनको राजीनामासँगै काम चलाउ सरकारको जिम्मेवारी समेत उनैलाई दिइएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्