सांसदद्वय आले र राईको शपथ ग्रहण कहिले ?



काठमाडौं । हिजो (बिहीबार) छुटेका चार जना सांसदमध्ये दुई जनाले शपथ ग्रहण आज (शुक्रबार) गर्ने भएका छन् । हिजो (बिहीबार) छुटेका चारमध्ये दुई जनाले आज शपथ ग्रहण गर्ने भएका हुन् ।

उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।

उपत्यका बाहिर रहेको र मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा यादव र राई दुवै जनाको हिजो शपथ ग्रहण छुटेको थियो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आले र नेपाली कांग्रेसकी सांसद माया राईको शपथ ग्रहण छुटेको थियो ।

आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकी छन् । उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्