काठमाडौं उपत्यकासहितका क्षेत्रमा हुस्सु



काठमाडौं । 

नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्