माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । त्यस्तै राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्