सुख्खा पहिरो खस्दा लाखौँ धनमालको क्षति



म्याग्दी । म्याग्दीमा सुख्खा पहिरो खस्दा दुईवटा घरमा पूर्णक्षति हुनुका साथै लाखौँ धनमालको क्षति भएको छ । हिजो (बुधबार) बिहान जिल्लाको मालिका गाउँपालिका–४ महभिर ओढारबोटस्थित सिरिमबोट भीरमा सुख्खा पहिरो खस्दा दुईवटा घरमा पूर्णक्षति हुनुका साथै लाखौँ धनमालको क्षति भएको हो ।

सोही ठाउँ बस्ने ६७ वर्षीय रविलाल घर्ती लगायत चार जनाको चारवटा घरमध्ये २ वटा घरमा पूर्णक्षति भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । दुईवटा घर आंशिक रुपमा क्षति हुँदा करिब ७ लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले पहिरो गएको स्थानमा आवश्यक उद्दार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्