सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकियो


काठमाडाैं ।

नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन दिएको आदेशविरुद्ध उच्च अदालत पुगेका सन्दीप लामिछानेको निदेवनमाथि आज पेशी तोकिएको छ।

पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो।

पेशीको पालो आएमा थुनामा राखेरै मुद्दा अगाडि बढाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा आदेश हुनसक्नेछ । आफू निर्दोश भएको दाबी गर्दै आएका उनले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।