कामपाका पाँच उच्च अधिकारी सरुवा

मेयर सचिवालयमा न्यौपाने



काठमाडौं । काठमाडौंं महानगरपालिकाले पाँच उच्च अधिकारीको सरुवा गरेको छ । मेयर वालेन्द्र साहको सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतले पाँच निर्देशकलाई सरुवा गरेका हुन् । सरुवा हुनेमा प्रशासन विभागका प्रमुख महेश काफ्ले, गोपाल पोखरेल, यादव घिमिरे, नुरनिधि न्यौपाने र दीपक अधिकारी रहनुभएको छ ।

काफ्लेलाई प्रशासन विभागबाट सार्बजनिक निजी साझेदारी कार्यक्रम(पिपिपि), अधिकारीलाई प्रशासन विभाग, गोपाल पोखरेलाई सामाजिक विकास विभाग, घिमिरेलाई आन्तरिक लेखा परीक्षण र न्यौपानेलाई मेयर सचिवालयमा सरुवा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भारत भ्रमण जानुअघि मंगलबार ती उच्च कर्मचारीलाई सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्