मिर्गाैला दातालाई ३३ हजार सहयोग



काठमाडौं । 

दुवै मिर्गाैला फेल भएकी आफ्नी ४७ वर्षीया आमा पूजा देवान नापितलाई आप्mनो एउटा मिर्गाैला दिएर बचाउने काठमाडौं टेवहाल निवासी २५ वर्षीय छोरा सिराज नापितलाई मंगलबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लब काठमाडाैं आवद्धले ३३ हजार ५ सय रुपियाँ सहयोग गरेको छ ।

लायन्स क्लव काठमाडाैं आवद्धकी सचिव एवम् मदन स्मारक मावि पुल्चोककी पूर्वविद्यार्थी नितु घलेद्वारा संकलित सो रकम लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के की डिस्ट्रिक्ट भाइस गर्भनर सुचित्रा थापाले सिराजलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार बलराम प्यासी, लायन्स क्लव काठमाडाैं आवद्धकी संस्थापक अध्यक्ष एवम् १ सय डलर अभियानकी विभागीय प्रमुख (पीएमजेएफ) सुनिता मरहठ्ठा शर्मा तथा सो क्लवकी उपाध्यक्ष राज्यश्री श्रेष्ठ प्रधानाङ्गको साथै बिरामीका पति शिव नापितको पनि उपस्थिति थियो ।रकम हस्तान्तरण कार्यक्रममा लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के की डिस्ट्रिक्ट भाइस गर्भनर सुचित्रा थापा तथा क्लवकी संस्थापक अध्यक्ष मरहठठले उपचारको लागि आर्थिक समस्यामा परेकाहरूलाई लायन्स क्लवले सानै भए पनि यस्तो सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्