चेतन हत्याप्रकरणमा मुछिएका वडाअध्यक्ष निलम्बनमा



धनगढी।

चेतन अयडी हत्या प्रकरणमा मुछिएका बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् ।

त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पूर्वपक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि वडा अध्यक्षबाट उनी निलम्बनमा परेका हुन् ।

वडा अध्यक्ष अयडी थुन चेक आदेशमार्फत कारागार पठाएपछि उनी वडा अध्यक्षबाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्लेले बताए ।

जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको बताए । उनी निर्दोस रहेको पुष्टि भएमा भने निलम्बन फुकुवा हुने उनले बताए ।

मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेशमार्फत वडा अध्यक्षसहित ९ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जनाविरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।

२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थियो । एक जना मुटुको उपचारमा रहेकोले प्रहरीले ९ जनालाई मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाई ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ ।

वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा २ महिना पहिला जिल्ला अदालत बाजुराबाट १ लाख धरौटिमा छुटेका थिए । वडाअध्यक्ष सहित अन्य ३ जना १ लाख धरौटिमा छुटेका थिए । त्रिबेणि नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलित माथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तिन जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।

त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो । ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय कांग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो ।

४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए ।

अनेरास्ववियुले गरेको बन्द फिर्ता

नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले  गरेको बाजुरा बन्द फिर्ता लिएको छ । अनेरास्ववियु बाजुराले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरेको थियो ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दासमेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेको भन्दै बाजुरामा ४ गतेदेखि यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको अनेरास्ववियुका लक्ष्मण रोकायाले बताए ।

अनेरास्ववियु बाजुराले एक बिज्ञप्ती मार्फत मगलबार साँझ ४ बजेबाट बन्द फिर्ता लिएको अनेरास्ववियु बाजुराका सहसचिव प्रेम नेपालीमार्फत जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेको थियो । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेको भन्दै चेतनका बुवा गगन अयडीले २४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २४ मध्ये ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्