माधव नेपाल अस्पताल भर्ना



काठमाडौँ।

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।

अध्यक्ष नेपालको सचिवालयमा कार्यरत मोहन गौतमले दिनुभएको जानकारी अनुसार नेपाललाई रूघा खोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएको छ ।

उहाँलाई आज बिहान अस्पताल भर्ना गरिएको हो । आफ्नो नेतृत्वमा नेता नेपालको उपचार भइरहेको शिक्षण अस्पतालका डा.सन्तकुमार दासले जानकारी दिनुभएको छ ।

संक्रमण फैलिन सक्ने जोखिम भएकाले चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाट बन्द गरिएको नेता नेपालको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्