सोतोकान करातेका नवनिर्वाचित जनप्रतिनिधिहरू सम्मानित



काठमाडौं  । 

नेपाल सोतोकान कराते संघले एक कार्यक्रमको आयोजना गरी काठमाडौँ क्षेत्र नं. १ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान गरेको छ ।

उक्त कार्यक्रममा काठमाडौँ जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंह, प्रदेश सभा काठमाडौँ क्षेत्र नं. १(क) का प्रदेशसभा सदस्य माननीय दीपेन्द्र श्रेष्ठ र काठमाडौँ क्षेत्र नं. (ख) का प्रदेशसभा सदस्य माननीय सुरजचन्द्र लामिछानेलगायतलाई फूलमालासहित सगुन खुवाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रकाशनमान सिंहले राष्ट्रको सर्वाङ्णि विकासमा खेलकुदले उल्लेख्य भूमिका खेलको बताउँदै खेलकुद क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा नेपाल सोतोकान कराँते संघका संस्थापक एवं मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले सोतोकान कराँते खेल नेपालमा विकास गर्न अनवरत लागिपरेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू स्व. दामोदर शम्शेर जबरा, एसपी सिंह ओबराय, राष्ट्रिय, अन्तराष्ट्रिय संरक्षकको रूपमा रही पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

साथै श्रेष्ठले संघको आबद्ध विश्व सोताकान कराँते महासंघ जापान, नेपाल राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराँते महासंघसँग रही आफ्नो क्रियाकलाप विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको संलग्नता रहेको बताउँदै संघका पूर्व तथा वर्तमान पदाधिकारी, शुभचिन्तकहरूको योगदानबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्