पेज थ्री सेलेब्रेटी फुटसल सम्पन्न



काठमाडौं । 

नेपाल भाषा पत्रिका पेजथ्री पाक्षिकद्वारा तेस्रो संस्करणको पेजथ्री सेलेब्रेटी फुटसल ११४३ कुमारी फुटसल प्रतियोगिता शनिबार आयोजना गरिएको छ ।

पकनाजोलस्थित कुमारी फुटसल मैदानमा भएको प्रतियोगितामा नेपालका नाम चलेका नेवार कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा पप गायक जेम्स प्रधान, आयोजक पेजथ्रीका सम्पादक दर्शनवीर शाक्यले खेलेका थिए । यस्तै नेपाल समाचारपत्रका खेल पत्रकार फिरोज राजोपाध्यायको पनि सहभागिता रहेको थियो ।

अन्यमा राजु मानन्धर, विजय श्रेष्ठ, राजी महर्जन, सुरेन्द्र श्रेष्ठ, विजयमान सिंह, नविन थेच्वमी, अञ्जन श्रेष्ठ, नील शाक्य, राजेन्द्र डंगोल, अनुपसिंह सुवाल, सत्य महर्जन, रवि सायमी, सुरेन्द्र मानन्धर, सज्जु मानन्धर, बिन्दे महर्जन, रामकृष्ण खड्गी, बाबुकाजी जलीम, किशोर चिपालु, सजीव शाक्यले खेलमा भाग लिएका थिए ।

यसैगरी महिला कलाकार सुनीता ठाकुर श्रेष्ठ, लसता जोशी, मनरा प्रजापति, रविना तुलाधर, प्रेमा संसार महर्जन, रोजिना सुवाल, कल्पना बज्राचार्य, आराध्यलक्ष्मी खड्गी, रोजी डंगोल श्रेष्ठ, रत्नशोभा महर्जनले पनि खेलमा भाग लिएका थिए ।प्रतियोगितामा चार टोली गरी खेलाइएको थियो । रातो, पहेँलो, नीलो र हरियो रंगको जर्सीमा टोली बनाएर सहभागिताहरुले खेलेका थिए । य

सपटक महिला टोलीमा पहेँलो र रातो जर्सीको टोली समेटिएको थियो । मुख्य रूपमा नेपाल सम्वत ११४३ को नयाँ वर्षको उपलक्ष्य, विश्वकपको माहोलमा प्रतियोगिता आयोजना गरिएको पेजथ्री सेलेब्रेटी फुटसलका पदाधिकारी दर्शनवीर शाक्यले बताउनुभयो । यसपटक फुटसल खेल गर्नुका साथै सहभागिताहरूको लागि निशुल्क स्वास्थ्य जाँचको पनि बन्दोबस्त गरेको शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्