राष्ट्रिय स्वतन्त्र पार्टी दलको नेतामा रवि लामिछाने सर्वसम्मत


काठमाडाैं  ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए पनि सोमबार बिहान गोप्य रूपमा बसेको बैठकले लामिछानेलाई नै दलको नेता चुनेको हो ।

रास्वपा सभापति लामिछानेले सरकारमा जान विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।