तत्काल राष्ट्रिय टिमबाट सन्यास लिदैन् : लियोनल मेस्सी



काठमाडौं ।

कतार २०२२ विश्व विजेता लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन्।

फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए।

मेसीले भने, ‘म फुटबललाई माया गर्छु’ भन्ने जवाफ दिएका थिए। ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको उल्लेख गरे।

मेसीको यो पाँचौ विश्वकप हो। फाइनल अघिनै मेसीले फ्रान्सविरुद्धको खेलसँगै विश्वकप यात्रा टुंगिने बताएका थिए। सन् २०२६ मा हुने विश्वकपमा मेसी ३९ वर्षका हुनेछन्। तर प्रशिक्षक लियोनल स्कलोनीले चार वर्षपछिको विश्वकपमा पनि मेसीलाई टिममा राख्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्