प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट


काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटघाट भएको छ । आज (बिहीबार) प्रधान सेनापति महारथी शर्मा र हानानबीच भेटघाट भएको हो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।