लोरिसद्वारा हेरी केनलाई सहानुभुति



एजेन्सी ।

फ्रान्सका कप्तान तथा गोलकिपर हुगो लोरिसले इंग्ल्यान्डका कप्तान हेरी केनलाई सन्देश पठाएका छन् । दुबै खेलाडी प्रिमियर लिग क्लब टोटनहामका हुन् । तर, कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा एक अर्काविरुद्ध उनीहरुले खेल्नु परेको थियो । जसमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ को जित निकालेर सेमिफाइनलमा स्थान बनायो ।

इंग्ल्यान्डको यात्रा भने समाप्त भयो । इंग्ल्यान्ड बाहरिनु र केनले पेनाल्टी गुमाएपछि लोरिसले केनमाथि सहानुभुति जनाए । शनिबार भएको खेलमा पहिलो पेनाल्टी चाहि केनले गोल गरे तर, २–२ बराबरी गर्ने मौका भने केनले गुमाएका थिए । उनले अर्को प्राप्त पेनाल्टी मिस गरेका थिए । यही डिसेम्बर २६ मा लोरिस र केन फेरि एकपटक एउटै टोलीबाट खेल्दैछन् । त्यो दिन टोटनहामले ब्रेन्टफोर्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

लोरिसले बताए—इंग्ल्यान्डको राष्ट्रिय टोली र हेरीको लागि यो कठिन समय हो । हामीले खेलपछि सन्देश पठायौं । सन्देशका लागि शब्द खोज्न त्यति सजिलो थिएन । उनले केही समय विश्राम गर्नु आवश्यक छ । राष्ट्रिय टोलीका लागि उनले जे गरे त्यो गर्वितको कुरा हो ।

लोरिसले शीर्ष खेलाडीले करियरमा पेनाल्टी मिस गरेको भन्दै बताए-फुटबलको इतिहासमा धेरै शीर्ष खेलाडीले पेनाल्टी गुमाएका छन् । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो । तर, हेरीले टोटनहाम र राष्ट्रिय टोलीलाई उँचाइमा ल्याउनेछन् ।
फ्रान्सले सेमिफाइनल खेलमा मोरोक्को विरुद्ध खेल्नेछ ।

कतारमा जारी विश्वकपमा मोरोक्को आश्चर्यको टोली बनेको छ । बेल्जियम, स्पेन र पोर्चुगल जस्ता युरोपेली टोलीलाई हराउँदै अन्तिम चारमा पुगेको टोली हो मोरोक्को । आज हुने खेलमा मोरोक्कोले यस्तै नतिजा निकालेमा यो विश्वकप इतिहासकै नौलो कीर्तिमान बन्नेछ ।

लोरिसले बताए-वास्तवमा मोरोक्को सफलता परिको कथा जस्तै छ । तर, मलाई विश्वास गर्नु, उनीहरु यही नै रोक्न चाहने छैनन् । उनीहरुको राष्ट्रका लागि उनीहरुले अझै नायकत्व कार्य गर्न चाहनेछ । हामीहरु विश्वकपको सेमिफाइनलको लागि तयार नै छौ, विपक्षी टोली जो सुकै होस् । हाम्रा खेलाडीलाई थाहा छ के गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्