चिकित्सक लाइसेन्स परीक्षा माघको दोस्रो साता (सूचनासहित)


काठमाडौं ।

आगामी माघको दोस्रो सातादेखि  नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा  सञ्चालन गरिने भएको छ ।

आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७ पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, पुस २८÷२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।