मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुईजना घाइते


काठमाडौं । 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  बिहीबार घोराही उपमहानगरपालिका १६ धाईरीखुट्टेमा भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक घोराही १८ का २८ वर्षीय छवि बि.क. र पछाडि सवार ३० वर्षीय वसन्त बि.क. रहेका प्रहरीले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।