प्रमाण पत्र बुझेसँगै सभासद् शाहीले गरे चार कामको थालनी



बाजुरा । 

प्रदेशसभा १ (क) का प्रदेश सभासदस्य एबं युवासंघ नेपालका अध्यक्ष नरेश कुमार शाहीले बाजुरा विकासका चार कुरामा स्थानीय प्रशासन लगात जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताउनुुभएको छ ।

सभासद शाहीले बुधबार विहान मुख्य निर्वान कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य कक्षमा पग्नुभएको थियो । प्रजिअ अधिकारी संगका भेटमा बाजुरा विकासमा प्रमुख चारवटा क्षेत्रको विकास गरी जनतालार्ई विकास र सुशासनको अनुभुति दिलाउने प्रदेश सभासदस्य शाहीले यसो बताउनुभयो ।

कोल्टी क्षेत्रमा इलाका प्रशासन स्थापना गर्नुपर्ने । बाजुराका पुर्वीउत्तरी क्षेत्रका चारवटा पालिकाका जनतालाई नागरिकता लगायत प्रशासन बाट लिने सेवा सुबिधा बाट टाढा रहेको भन्दै इलाका प्रशासन कायाृलय कोल्टीमा राख्न पहल गर्न सांसद शाही प्रमुख जिल्ला अधिकारी कहाँ पुग्नुभएको हो ।शाहीले आफ्नो क्षेत्रबाट पहल गर्ने जिल्ला प्रशासन कार्यलय बाट गर्ने पहल कदमी गर्न प्रजिलाइ पनि तत्काल ताखेता गर्न निर्देशन दिनुभएको हो ।

छलफलमा प्रजिअ अधिकारीले इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने वताउनुु भएको छ ।
त्यसैगरी बाजुरालीको सर्वाधिक पिडामा रहेको मार्तडी कोल्टी सडक खण्डको स्तरउन्नती तथा निरन्तर यातायात सुचार गर्न अवस्यक पहल गर्न दोहोरो सम्बाद भएको छ। ।

मार्तडी कोल्टी सडकखण्डको दानसागु र अनाइखोलामा बेलिब्रिजको स्थापनाका लागि पहल हुनुपर्ने शाहीले बताउनुु भयो । त्यस्तै मार्तडी कोल्टि सडकखण्डमा भाडा ब्यबस्थापन, उत्तरी क्षेत्रमा टेलिफोन को सुलभ सुविधा नहुँदा बेलुकी पांचवजे देखि विहान नौ वजे सम्म उत्तरपुर्वि क्षेका चारपािलकाका नागरिक सञ्चार सुविधाबाट बञ्चीत रहेकोले गुणस्तरीय टेलिफोन सेवाको ब्यबस्थापन गर्नुपर्ने ।

लघुजलविद्युत केन्द्रबाट उत्पादति विद्युत सेवा निरन्तरता नहुंदा राष्ट्रिय बिद्युक्त प्रशारण लाईन बिस्तारका बारेमा छलफल भएको समाजवादी जिल्ला अध्यक्ष पुरवहादुर रावतले बताउनुु भएकोछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधवार विहान प्रतिनीधिसभा सदस्य बद्रीप्रसाद पाण्डे , प्रदेशसभा १ (क)का सदस्य नरेश शाही र प्रदेश सभासदस्य २ (ख) का सभासदसय पदमबहादुर शाहीलाई बुधवार विहान एक कार्यक्रमका वीच पमुख निर्वाचन अधिकृत ढांकाराम पोडेलले विजीय प्रमाण पत्र वितरण गर्नु भएको हो । निर्वाचन भएको १८ दिन पछि विजयी प्रतिनीधिहरुले प्रमाणपत्र प्राप्त गरेकाहुन् ।

प्रतिक्रिया दिनुहोस्