सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा


काठमाडौं । 

सेनेगललाई ३० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । इन्जुरी समयमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २० को अग्रता दिलाएका थिए श्र  जारी विश्वकपमा उनको पहिलो गोल हो ।

खेलको ५७औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे । विश्वकपमा उनको तेस्रो गोल हो । अब, इंग्ल्यान्डले अन्तिम आठमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।