रेडिएन्ट र एनसीसीएसलाई ओएसिस कप



काठमाडौं ।

रेडिअन्ट पब्लिक र एनसीसीएसले दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । रेडिअन्ट सिनियर ब्वाइज तथा एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बने ।

ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडिएन्टले एरिस एकेडेमीलाई १२–७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले सर्वाधिक ७ अंक योगदान गरे । सागर लामिछानेले ३ तथा रोहित चौधरीले २ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा श्रेया गुरुङको ७ अंक सहयोगमा एनसीसीएसले राराहिललाई १०–५ ले हरायो ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुवास र श्रेया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा आशिष थापा मगर र सिनियर गल्र्समा आयुशा महर्जन सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिता अवधिभर आशिषले ५१ तथा आयुशाले ३२ अंक जोडे । सिनियर ब्वाइजमा नेक्सस इन्टरनेसनल एकेडेमी तथा सिनियर गल्र्समा रातो बंगला अनुशासित टिम ठहरिए ।

विजेतालाई ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बू, राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्