शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा। शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।

कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै आएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।