कालीकोट प्रदेशसभा (१) मा माओवादीका रावत निर्वाचित


कालिकोट ।

कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी हुनुभएको छ । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी हुनुभएको हो ।

रावतले नौ हजार ११ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

प्रदेशसभा ‘१’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिनुभयो । त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गर्नुभएको लम्सालको भनाइ छ ।

नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।