उदयपुर २ प्रदेशसभा १ मा माओवादीका मगर विजयी


कटारी । 

उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी हुनुभएको छ ।

उहाँले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभयो । मगरले राईले ३५ मत अन्तरले पराजित गर्नुभयो ।

मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले चार सय ३२ मत ल्याएर चौथो स्थानमा रहनुभयो ।

जनता समाजवादी पार्टीका घनश्याम कटुवालले तीन सय ६६ मत ल्याउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।