राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गरे मतदान



काठमाडाैं ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मतदान गरेका छन् । नेकपा एमालेसँग चुनावी तालमेल गरेर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका लिङदेनले हल्दिबारी गाउँपालिका-१ नम्बर वडा कार्यालय गोलधाप मतदान केन्द्र (ख) बाट मतदान गर्नु भएको हो ।

उहाले आज बिहान ११: ३५ मिनेटमा मतदान गर्नुभयो । मतदान पश्चात् पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा उहालेमतदाता उत्साहित छन्।

यो निर्वाचन एउटा व्यक्ति चुन्ने र पार्टी चुन्ने मतदान होइन, ञयो मतदान आम मतदाता र देशको भविष्य जोडिएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उहाका प्रतिस्पर्धी हुनुहुन्छ। दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्