एमाले अध्यक्ष ओलीले गरे भक्तपुरबाट मतदान



काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।

उनले भक्तपुरका निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सूर्य विनायकस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । ओली भत्तपुर बालकोटका बासिन्दा हुन् ।

उनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्