नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ



काठमाडाैं  ।

निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा कञ्चनपुर प्रहरीले नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले जानकारी दिए।

उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। प्रहरीले इन्चार्ज दयालबाहेक अन्यको नाम खुलाएको छैन्।

नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आब्हान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्