सम्पादकीय : किन बनेन चुनावी माहोल



प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदा पनि आम मतदातालाई चुनाव माहोलले छोप्न सकेको छैन।हुनत मतदानलाई आफ्नो प्रतिनिधि छान्ने र तिनै प्रतिनिधिमार्फत जनताले हक खोज्ने दिनको रूपमा लिइन्छ।आवधिक निर्वाचन लोकतन्त्रको एउटा महत्वपूर्ण तत्व पनि हो।तैपनि आम जनतामा चुनावलाई लिएर खासै उत्साहको वातावरण नदेखिनु पनि अहिलेका लागि चिन्ताजनक विषय हो।यस विषयमा निर्वाचनका मुख्य सरोकार राजनीतिक दल र तिनका उम्मेदवार गम्भीर हुनुपर्दछ ।
नयाँ संविधान बनेपछि जनताले शान्ति, स्थिरता र समृद्धिका लागि झन्डै दुई तिहाइ बहुमत र त्यसको बलमा बलियो सरकार बनाउने स्थितिमा पु¥याएको थियो । र, त्यो सरकारले जनताको भावनाप्रति संवेदनशील भएर काम त गर्न सकेन,उल्टै दुई दुईपटक संसद् विघटन ग¥यो ।जनताले संविधान बनेपछि, त्यसबमोजिम निर्वाचन भएपछि जे जति आशा, अभिलाषा राखेका थिए, त्यो त पूरा भएन।उल्टै मुलुकमा भ्रष्टाचार, कुशासनका अनेक बेथितिहरू देखापरे।नयाँ संविधानबमोजिम आवश्यक संरचना खडा गर्नेमा दलहरूको पुरानै सोच र संस्कारहरू देखिएपछि दल र तीनका नेताहरू भित्रैदेखि नबदलिएको जनताले अनुभूत गरेका थिए ।आर्थिक समृद्धि मृगतृष्णा झै बन्यो भने शिक्षा  , स्वास्थ्यजस्ता राज्यले उपलब्ध गराउनुपर्ने आधारभूत सेवाका विषय नाफाको निम्ति ठूलो क्षेत्रमा परिणत हुँदै गएको छ।समाजवाद उन्मुख भनिए पनि पूँजीवादी व्यवस्थाले अभ्यास गर्दै आएको सामाजिक जिम्मेवारी र दायित्वका व्यवस्थाहरू अपनाउने दलहरूले उदासीनता देखाए।संघीयता, समावेशीजस्ता संवैधानिक व्यवस्थालाई क्ष्ँतविक्षत हुने किसिमका क्रियाकलाप दलहरूबाट पटक पटक दोहो¥याइए।जनताको पीर मर्का र भावनाप्रति कतै पनि संवेदनशील नदेखिएका राजनीतिक दल र तिनका नेताहरूलाई फेरि चुनाव जिताउन किन लाग्ने भन्न सोच मतदाताले पालेको देखिएको छ । अर्कोतर्फ अहिलेको चुनाव जसरी भए पनि जित्ने भन्दै सिद्धँन्त, एजेन्डा सबैलाई तिलाञ्जली दिएर राजनीतिक दलहरूले विभिन्न गठबन्धन गरेका छन्। घोषणापत्र हावादारी र पपुलिस्ट प्रकारका छन् । सारमा दलीय चुनाव भए पनि अहिले व्यक्ति जित्ने किसिमको प्रवृति हेर्दा निर्दलीय चुनाव झैं प्रतीत हुन पुगेको छ ।यस्तो स्थितिमा चुनावलाई लिएर वितृष्णा उत्पन्न हुनु निकै अस्वभाविक र लोकतन्त्रका लागि सुखद् संकेत भने अवश्य होइन ।मतदातामा हुर्किंदै गएको चुनावप्रतिको अलगाव भावले लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्था बलियो बनाउँदैन ।
अहिलेको लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने हो भने राजनीतिक दल र तिनका नेताहरूले जनताप्रति जवाफदेही, उत्तरदायी आचरण र सोचलाई केन्द्रबिन्दुमा राख्नु पर्दछ।अन्यथा दलहरूकै कारण विगतमा लोकतान्त्रिक व्यवस्था पटक पटक धरापमा परेका उदाहरणहरू पनि छन् ।यसबाट पाठ सिकेर आवधिक निर्वाचन सत्तामा चढ्ने भ¥याङ मात्र नभई जनताले आफ्ना प्रतिनिधि छान्ने अवसरको रूपमा अनुभूति गराउन दलहरू सवेदनशील हुनुपर्दछ । चुनाव मात्रै लोकतन्त्रको पर्याय होइन । लोकतन्त्रका लागि जनताप्रति जवाफदेही, जनताको पीर, मर्काप्रति संवेदनशील हुने संस्कार पनि आवश्यक रहेको छ । यस तथ्यलाई बुझेर राजनीतिक दल र तिनका नेता रूपान्तरण हुनुुपर्ने खाँचो छ । मतदाताले पनि आफ्ना उम्मेदवार प्रतिनिधिलाई खबरदारी गरिरहन आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्