मकवानपुरमा लडेर २ जनाको मृत्यु



हेटौंडा ।

मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु  भएकाे र अर्काे भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको  प्रहरीले जानकारी दिएकाे  छ ।

लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्