भाइटिकाको उत्तम साइत सार्वजनिक (तालिकासहित)



काठमाडौं ।

पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ ।

समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ : ३७ मिनेटमा जुरेको हो। टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ। समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्