१४ वर्षमुनीका बालबालिका लक्षित फुटबल तालिम शुरु

१८ वडाले शुरु ग -यो



ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका बालबालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो ।

बालबालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका बालबालिकालाई भविष्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेको हो । सो क्लबलेभविष्यमा १४ वर्ष भन्दा मुनी, डि,सि बि र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले बालबालिकालाई फुटबल प्रति आकर्षित गराउन ।भविष्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताउनुभयो ।

भन्नुभयो–आजबाट तालिम शुरु भएको छ । यस्लाई सधैको लागि निरन्तरता दिनेछौ । बालबालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम सञ्चालन गरेका हौ–अध्यक्ष खड्काको भनाई थियो । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष दीपक थापामगरले वडा कार्यालयले क्लबको सपना पुरा गरेको बताउनुभयो । जिल्ला फुटबल संघ ललितपुरका उपाध्यक्ष समेत रहनुभएका अध्यक्ष थापाले क्लबलाई ए डिभिजनमा पु-याउने उद्देश्यले १४ वर्ष मुनिका वालवालिकालाई छनौट गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– बालबालिकाको पढाइमा असर नपर्नेगरी तालिम निरन्तर हुनेछ । उहाँले बालबालिकालाई दुब्र्यसनीबाट टाढै राख्न पनि खेलकुदको विकास अपरिहार्य रहेको बताउनुभयो । क्लबले यसअघि जिल्ला र राष्ट्रिय स्तरको विभिन्न प्रतियोगितामा फुटबल प्रतियोगिता खेलिसकेको छ ।
एन्फाका प्रशिक्षक नरेश थापा र सहायक प्रशिक्षक सुमन थापाले प्रशिक्षण दिनुहुनेछ ।

तालिममा करिब ५५ जना विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षकको सुझाव र सल्लाहको आधारमा प्रशिक्षण शुरु गर्नेछ । वडाका जनप्रतिनिधिहरुले पदबाहली गरेको सय पुरा भएके अवसरमा तालिम सञ्चालन गरिएको वडा सदस्य गोपाल डंगोलले बताउनुभयो । तालिम सैबु आवास क्षेत्रमा फुटबल ग्राउण्डमा शुरु भएको हो । तालिमको समय र मिति प्रशिक्षक र सहायक प्रशिक्षकले तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्