‘टिकटक बर्गर हाउस’ ले मनायो बार्षिकोत्सव



काभ्रे । 

पर्यटकिय नगरी धुलिखेलमा कोभिड महामारीका बीच दैनिक होटल रेस्टुरेन्ट तथा क्याफे खुल्ने क्रम बढेको छ । खुलेका होटल तथा रेस्टुरेन्टहरुले उपभोक्ताको मन जितिरहेका छन् । होटल टिकटक बर्गर हाउस एण्ड तन्दुर चिकेनले एक वर्षको अवधीमा उपभोक्ताहरुको मन जितेको उपभोक्ताहरुले बताएका छन् ।

बर्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, सहयोगि तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान र प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो । नगर प्रमुख अशोक ब्याञ्जु, निवर्तमान उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, सदस्यहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । एक वर्ष अघि सदरमुकाम धुलिखेलमा दुई राजमार्गको चोकमा चर्चित टिकटक एपका नामबाट टिकटक बर्गर हाउस एण्ड तन्दुरी चिकेनको शुभारम्भ भएको थियो ।

युवा ब्यवसायी लक्ष्मण तामाङ र प्रवेश अधिकारीको ८० लाख लगानीमा स्थापना गरिएको टिकटक बर्गर हाउसको धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले शुभारम्भ गर्नु भएको थियो । ‘होटल तथा रेस्टुरेन्ट ब्यवसायका कारण धुलिखेल आउने पर्यटक र पर्यटनलाई थप आर्कषित गरिरहेको छ’–प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘धुलिखेलका विभिन्न क्षेत्र, विपी र अरनिको राजमार्गको संगममा शुरु गरिएका होटल तथा रेस्टुरेन्टको शुभारम्भले ठुला होटलबाट निस्कने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि थप सहजता प्रदान गरिरहेको छ ।’

कोभिडकै महामारीमा पनि धुलिखेलमा ठुला, मध्यम र साना खालका होटल तथा रेस्टुरेन्टको शुरुवात भएको प्रमुख ब्याञ्जुले बताउनु भयो । फाईभ स्टार देखि साना साना होटलहरुको स्थापनाले धुलिखेललाई थप पर्यटकिय नगरी बनाउन सहज हुने प्रमुख ब्याञ्जुको विश्वास छ ।

एक वर्ष अघि बनेपा नगरपालिका वडा नम्वर ६ मा हिमालय दृश्य लगायतका ठुला होटलहरुको शुभारम्भ भएको थियो भने ब्राण्ड भएका होटल तथा रेस्टुरेन्टहरु पनि संचालन भईरहेका छन् । पर्यटकहरुका लागि धुलिखेल आर्कषक शहरका रुपमा चिनिन थालेको उहाँले बताउनु भयो ।

‘ठुला होटलबाट निस्किएका पर्यटकहरु साना होटलमा प्रवेश गर्दा उतिक्कै हाईजेनिक खानेकुरा र स्वागत सत्कारको महसुस गर्न सक्छन’– संचालक लक्ष्मण तामाङले भन्नुभयो–‘बर्गर के हो ? बर्गरको स्वाद कस्तो हुन्छ ? बर्गर र चिकेन तन्दुरीको मज्जा कसरी लिन सकिन्छ ? त्यसकै स्वादका लागि हाईजेनिक खाना तयार गरिन्छ ।’ बर्गर र चिकेन तन्दुरीका पारखीहरुका लागि टिकटक जस्तै चर्चित बन्न सक्ने गरी बर्गर र तन्दुरीको सेवा नियमित गरिएको संचालक लक्ष्मण तामाङले बताउनु भयो । लक्ष्मणसँग लामोसमय होटलमै काम गरेको अनुभव छ ।

टिकटक बर्गर हाउसमा बर्गर र तन्दुरीको अलावा नान, पिज्जा र नेवारी खाजा सेटको स्वाद लिन सकिने संचालक प्रवेश अधिकारीले बताउनु भयो । पर्यटकहरुको सहजताका लागि धुलिखेल नगरपालिकाले ५८ वटा पार्क निर्माण गरिसकेको छ भने केहि निर्माणाधिन अवस्थामा छन् ।

हरियाली सहितको सडकको दायाँबाँया फुटपाथ निर्माण, रातिको समयमा झिलिमिली बनाउन सोलार र अन्य बत्तिहरु, इलेक्ट्रिक बसको चार्ज स्टेशन निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नगरपालिकाले आर्थिक समृद्धीका लागि १३ सय ब्यक्तिलाई ब्यवसायीक सिप प्रदान गरिएको छ भने २४ वटा समुहलाई उद्यमी बनाईएको छ । औद्योगिक ग्राम निर्माण गरी अक्सिजन उद्योग स्थापना, नगरका विभिन्न स्थानमा फ्रि वाईफाई जोन, शहरको सुरक्षाका लागि सिसि क्यामेरा जडान लगायतका पूर्वाधारहरु निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्