कक्षा १२ को परीक्षाफल आज


काठमाडौं  । 

राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । स्थगित परीक्षाफल आज बुधबार प्रकाशित हुनेछ । बोर्डले मंगलबार साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको थियो ।

तर, तीजको दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आउन थालेपछि दिउँँसो साढे २ बजे ‘आजलाई स्थगित भएको’ जनाउँदै बोर्डले सबै सदस्यलाई म्यासेज पठाएको थियो ।

सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो । सबैजसो सञ्चारमाध्यमले मंगलबार परीक्षाफल प्रकाशित हुने भन्दै समाचार सम्प्रेषण गरेका थिए । नेपाल टेलिकमले समेत दुईपटकसम्म नतिजा हेर्न सकिने विधिका बारेमा मोबाइलमा सन्देश पठाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।