कांग्रेसका सहमहामन्त्री यादव र गृहमन्त्री खाणबीच भेटवार्ता



काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायत क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनु भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्र र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराउनु भएको हो । यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुनुहुन्थ्यो ।

भेटमा ट्रक व्यवसायी महासंघ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो । यातायात क्षेत्रमा देखिएका वर्तमान विषयबस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो ।

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताउनु भएको थियो । आफूहरूले ठूला चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिले बाटै पहल गरिरहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्