पल शाहविरुद्ध मुद्दाको आज पेसी


तनहुँ ।

नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ ।

अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ । दुवै अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।

गत ११ फागुनमा नावालिकमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुछ उजुरी प-यो । यसको ४ दिनपछि १५ फागुनमा अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।