सुरज अर्केडमा अनधीकृत संरचना भत्काउन मेयर बालेन्द्रले लिएर गए डोजर


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ । मेयर बालेन्द्र साह अनधीकृत संरचना  हटाउनका लागि आफैं डोजर लिएर मैदानमा खटिएका छन् ।

अर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन डोजर लिएर नगर र ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरमा नक्सा पासविना बनाइएका संरचना तथा अण्डरग्राउण्ड पार्किङ खाली गराउन महानगरले अभियान चलाइरहेको छ । अहिले त्यहाँ अगाडि पार्किङमा राखिएका मोटरसाइकलहरू हटाउन थालिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।