एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै


काठमाडौं ।

नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ। केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।