बालेनले मागे अदालतसँग प्रमाण, कारबाहीकाे चेतावनी



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्र पठाएका छन् ।

मेयर बालेन्द्रले जिल्ला अदालत भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन माग गरेका हुन्।

महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भने, ‘हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं , नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं ।’

बुधबार न्युरोडमा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउने क्रममा मेयर बालेन्द्रले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्