कांग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि



 काठमाडौं । 

नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदै छ ।

प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ । उहाँका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डागत प्रचारप्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान शुरू हुनुभन्दा दुई दिनअगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तीमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।

प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताउनुभयो । कांग्रेसले सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्नसमेत निर्देशन गरेको छ ।

कुन जिल्लामा को ?

ताप्लेजुङ: आङ्गेलु शेर्पा
पाँचथर: प्रदीपकुमार सुनुवार
इलाम:महेन्द्रकुमारी लिम्बु
झापा:डिला संग्रौला
संखुवासभा: उमेशजंग रायमाझी
तेह्रथुम:लक्ष्मी परियार
भोजपुर: भीम पराजुली
धनकुटा: राजीव ढुंगाना
मोरङ:  ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी: अमृत अर्याल
सोलुखुम्बु: कल्पना चौधरी
खोटाङ: तारामान गुरुङ
ओखलढुंगा:  लक्ष्मी खतिवडा
उदयपुर: बलबहादुर केसी
सप्तरी: आनन्दप्रसाद ढुंगाना
सिरहा: महेन्द्रकुमार राय
धनुषा: नगिना यादव
महोत्तरी:  मञ्जु खाँण
सर्लाही: दिनेशकुमार यादव
रौतहट: अजयकुमार चौरासिया
बारा: रमेश रिजाल
पर्सा: पद्मनारायण चौधरी
दोलखा: शान्ति परियार
रामेछाप: हरिशरण नेपाली
सिन्धुली: दिलमान पाख्रिन
रसुवा: राजेन्द्र केसी
धादिङ: मदनकृष्ण श्रेष्ठ
नुवाकोट: मदनबहादुर अमात्य
सिन्धुपाल्चोक: बहादुरसिंह लामा
काभ्रे: रमा कोइराला
चितवन: श्यामकुमार घिमिरे
मकवानपुर: उमेश श्रेष्ठ
भक्तपुर: अम्बिका बस्नेत
ललितपुर: नानु बास्तोला
काठमाडौं: जीतजंग बस्नेत
गोरखा:ध्रुव वाग्ले
लमजुङ: शंकर भण्डारी
तनहुँ: सुरेन्द्रराज पाण्डे
कास्की: प्रदीप पौडेल
मनाङ: गुरु बराल
मुस्ताङ: कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत:चम्पादेवी खड्का
स्याङ्जा: चीनकाजी श्रेष्ठ
म्यादी: दिनेश कोइराला
बाग्लुङ: अब्दुल सतार
नवलपुर: सरस्वती अर्याल
नवलपरासी:मानबहादुर नेपाली
रूपन्देही:योगेन्द्र चौधरी
कपिलवस्तु:चन्द्रबहादुर केसी
पाल्पा:अब्दुल रञ्जाक
अर्घाखाँची: गोविन्दराज पोखरेल
गुल्मी: देवेन्द्रराज कँडेल
रूकुमपूर्व: धना खतिवडा
रोल्पा: मैकुलाल वाल्मीकि
प्युठान: जावेदा खातुन जागा
दाङ:गोपाल दहित
बाँके:दीपक गिरी
बर्दिया: गेहेन्द्र गिरी
रूकुम पश्चिम: कृष्णकिशोर घिमिरे
सल्यान:सीता देवकोटा
जुम्ला:रंगमति शाही
मुगु: कान्तिका सेजुवाल
कालिकोट:जानकी सिंह
जाजरकोट:सीताकुमारी राना
दैलेख: राजीवविक्रम शाह
सुर्खेत: सञ्जयकुमार गौतम
बाजुरा: अर्जुनजंगबहादुर सिंह
बझाङ:गोविन्दबहादुर शाह
डोटी: नृपबहादुर वड
अछाम:रणबहादुर रावल
दार्चुला: यज्ञराज जोशी
बैतडी: रमेश लेखक
डडेलधुरा: ईश्वरी न्यौपाने
कञ्चनपुर: रामजनम चौधरी
कैलाली: एनपी साउद

प्रतिक्रिया दिनुहोस्