बालाजु बाइपासको जुत्ता कारखानामा भीषण आगलागी



काठमाडौं ।

काठमाडौंको बालाजुस्थित एक कारखानामा भीषण आगलागी भएको छ। वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। अर्को ललितपुरको पनि दमकल त्यहाँ जाँदै छ। आगो कसरी लागेको हो भन्ने खुलिसकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्