परराष्ट्र मन्त्रालयले एसपीपीको पत्र सार्वजनिक नगर्ने



काठमाडौं । परराष्ट्र मन्त्रालयले एसपीपीको पत्र सार्वजनिक नगर्ने भएको छ । प्रतिपक्षी दलहरूले एसपीपीको पत्र तत्काल सार्वजनिक गर्न दबाब दिए पनि उसले नगर्ने भएको हो ।

आज (शुक्रबार) परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी)को पत्र सार्वजनिक नगर्ने बताएको छ । उक्त मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सो पत्र सार्वजनिक नगर्ने बताएकी हुन् ।

यसअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि आधिकारिक रुपमा अमेरिकालाई अहिलेसम्म जानकारी दिइएको छैन । प्रतिपक्षी दलहरूसँगै गठबन्धनमा रहेका केही दलले पनि यस विषयमा प्रश्न उठाइरहेका छन् ।

पत्र पठाउनेबारे परराष्ट्र मन्त्रालयल अझै छलफलमा रहेकोले पत्र नपठाउन ढिला भएको लम्सालले जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्