पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

अस्थायी/करार दरबन्दी १ सय १२



करारमै नियुत्ति गर्ने भनि एकवर्ष अघि विभिन्न पदमा माग भएको ४२ कर्मचारीको परिक्षा अझै भएको छैन । पनौती नगरमा अस्थायी/करार दरबन्दी १ सय १२ रहेको छ ।

पनौती, काभ्रे । पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेको छैन । यहाँका ६८ जना कर्मचारीका करार म्याद सकिएको छ ।

करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने बारेको फाइल नगर प्रमुख रामशरण भण्डारीको सचिवालयमा पुगेको छ । स्वीकृत दरवन्दी अनुसार विभिन्न पदमा एकवर्ष अघि माग भएको ४२ जना कर्मचारीको आवेदन उपर पनि थप निर्णय हुन सकेको छैन ।

पनौती नगरका सुचना अधिकारी एवं वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार नगरपालिकामा अस्थायी÷करार दरवन्दी १ सय १२ जना रहेको छ । हाल करारमा कार्यरत ६८ कर्मचारी मध्य १२ जना बालमैत्री सहजकर्ताको रुपमा कार्यरत छन् । एकवर्ष अघि नगरपालिकाले विज्ञापन गरी माग गरेको ४२ दरवन्दीमा करिब ८ सय जनाको निवेदन परेको थियो ।

नगरपालिकामा करारमा नियुक्ति गर्नेबारे छुट्टै कार्यविधि नभएको भन्दै वरिष्ठ प्रशासकिय अधिकृत अधिकारीले बताउनु भएको छ । नगरपालिका गठन पछि प्राविधिक कर्मचारी करारमा राख्ने बारे मन्त्रालयको निर्देशिका थियो भन्दै उहाले त्यसैलाई गाइडलाइन बनाएर पनौतीमा करार कर्मचारी नियुक्ति गरेको बताउनु भएको छ ।

‘साबिक गाविसमा अस्थायी रुमामा कार्यतर कर्मचारीहरु नगरपालिका गठन भएपछि करारमा रुपान्तरन भए’ वरिष्ठ अधिकृत अधिकारी भन्नुहुन्छ– यहा २०५६ साल देखि कार्यरत कर्मचारी पनि करारमै छन । निरन्तर करारमा कार्यरत कर्मचारी मध्य सबै भन्दा बढी प्राविधिक रहेको नगरपालिकाको भनाई छ ।

सूचना अधिकारीका अनुसार एकवर्ष अघि नगरपालिकाले करारमा नियुक्ति गर्ने गरि कम्युटर तथा लेखा सहायक १२ जना, इन्जिनियर, सवइन्जिनियर ५ जना, कार्यालय सहयोगी १२ जना र नगर प्रहरी १३ जना माग गरेको थियो । माग भए अनुसार करिब ८ सय जनाले निवेदन दिएपनि अहिले सम्म कुनै कारबाही अघि बढेको छैन ।

‘न त विज्ञापन रद्ध भएको सुचना आएको छ, न त निवेदकले वुझाएको दस्तुर फिर्ता नै भएको छ’ प्रशासकिय अधिकृत अधिकारी भन्नुहुन्छ– नगरमा जम्मा करार दरवन्दी १ सय १२ जना छ ।

प्रतिक्रिया दिनुहोस्