नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति को हुन् ?



काठमाडौं । मुम्बई उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ पर्ने दुई व्यक्ति सुन व्यवसायी भएको खुलेको छ । पक्राउ पर्नेमा सन्तोष लामिछाने र मीना लामिछाने सुन व्यवसाय भएको खुलेको हो ।

सुनचाँदी कारोबारमा शंका लागेपछि प्रहरीले उनीहरुलाई जहाजबाटै पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धानका अघि बढाएको छ । लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

लमिछानेद्वय सुनचाँदी व्यवसायीको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए । जहाजले उडान भर्न ढोका बन्द गर्ने बेला यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्