नेपालका प्रथम वोटानिष्टमा प्रयागराज पाण्डे, फाउन्डेसनको पाँचौ साधारण सभा सम्पन्न



काठमाडौं।

नेपालको वनस्पति क्षेत्रको संस्थागत विकासका लागि झण्ड्रै छ वर्ष अघि स्थापित तथा प्रवर्द्धित नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउन्डेसनको पाँचौ वार्षिक साधारण सभाले सन् २०२२—२०२३ का लागि रसायनशास्त्रविद् धर्मात्मा लाल श्रीवास्तवको अध्यक्षतामा १२ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । बाँकी २ महिला सदस्य नियुक्त हुन बाँकी रहेको र अध्यक्षको चयनमा बाँकी एक जना मनोनीत भएपछि कूल पन्ध्र जना पदाधिकारी कायम हुनेछन् ।

सबै पदाधिकारीको कार्यकाल एक वर्ष हुने सो समितिका निर्वाचित अन्य पदाधिकारीहरूमध्ये सह अध्यक्षमा वनस्पतिविद् हरिकृष्ण सैंजू, प्रथम उपाध्यक्षमा वनस्पतिविद् डा। महेन्द्रनाथ सुवेदी, द्वितीय उपाध्यक्षमा हवाई उड्डयन विज्ञ, डा। लक्ष्मी पराजुली, तृतीय उपाध्यक्षमा अंग्रेजी भाषाविद् शान्ता उपाध्याय, महासचिवमा उद्यमी तथा व्यवसायी स्वयंभुरत्न तुलाधर, सचिवमा वनस्पतिविद् लोकनाथ पाठक हुनुहुन्छ । उक्त समितिका कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः औषधिविज्ञ नवीन कुमार श्रेष्ठ र वनस्पतिविद् हरिकृष्ण क्षेत्री निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा वातावरणविद् बटुकृष्ण उप्रेती, निर्माण व्यवसायी जगदीश्वर लाल जोशी र मार्केटिङ लेक्चरर शुभेच्छा न्यौपाने हुनुहुन्छ । सो समारोहमा हरिकृष्ण सैंजूले स्वागत भाषण, वार्षिक प्रतिवेदन र  कार्यक्रम, डा.महेन्द्रनाथ सुवेदीले आर्थिक प्रतिवेदन तथा वार्षिक बजेट, धर्मात्मा लाल श्री वास्तवले फाउन्डेसनको व्यवस्थापकीय प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

पूर्व प्राध्यापक एवं राजदूत डा। मोहन प्रसाद लोहनीले कोरोना कहरका बाबजुद पनि फाउन्डेसनको उद्देश्य परिपूर्तिमा भर्चुअल माध्यमबाट समेत विभिन्न क्रियाशील कार्यहरू सम्पन्न गरेकोमा निवर्तमान अध्यक्ष डा.पुष्पमान अमात्यको समूहलाई धन्यवाद ज्ञापन गर्नुभयो । फाउन्डेसनका निवर्तमान अध्यक्षव्दय पुष्पमान अमात्य र विमल राज पाण्डे, संस्थापक अध्यक्ष मधुसूदन विष्टले पाँच वर्षको अवधिमा संस्थाले गरेका विभिन्न गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्