बैंकिङ कसुर मुद्दामा फरार महिला प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलमा बस्ने फरार महिला प्रतिवादी निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका–१३, बाफल बस्ने ४२ वर्षीया निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं, टोखा नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङको कुमारी बैंक दरबारमार्गमा रहेको शाखा कार्यालयको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यान खाली चेक दिएपछि जाहेरीवालाले मुद्दा दिएका थिए ।

गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो । २०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्